गठबन्धनको बैठक सुरु, तालमेलको मोडालिटी टुङ्ग्याउने तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गठबन्धनको बैठक सुरु, तालमेलको मोडालिटी टुङ्ग्याउने तयारी


२२ चैत्र २०७८, मंगलबार


काठमाडौँ । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा बसिरहेको बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बसेको हो ।

आजको बैठकमा तालमेलको मोडालिटी टुङ्ग्याउने गरी छलफल हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् ।

१७ चैतमा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस