नेपालगन्जमा विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्कियो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपालगन्जमा विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्कियो


२२ चैत्र २०७८, मंगलबार


काठमाडौँ । नेपालगन्ज विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्किएको छ । काठमाडौँबाट नेपालगन्ज गएको बुद्ध एयरको जहाज अवतरण हुने बेला सोमबार राति पौने आठ बजे खरायो ठोक्किएको हो ।

जहाजमा खरायो ठोक्किएपछि केही बेर रोकिएको उडान अवतरण अहिले सुचारु रहेको बुद्ध एयर नेपालगन्जका व्यवस्थापक विनीत शाहले बताए । जहाज ल्यान्ड हुने बेला ठोक्किएको खरायोको मृत्यु भएको छ ।

नेपालगन्ज विमानस्थलमा यसअघि पटक–पटक जहाजमा बँदेल ठोक्किएको थियो । बँदेल ठोक्किने क्रम बढेपछि विमानस्थल कार्यालयले धावनमार्ग नजिकको झाडी सफाइ गरेको थियो ।

धावनमार्ग नजिक रहेको झाडीमा जङ्गली जनावर रहेकाले विमानस्थलमा जनावर ठोक्किने जोखिम रहँदै आएको छ ।


Tags :
प्रतिक्रिया दिनुहोस