८ महिनामा जीवन बिमा कम्पनीको आम्दानी ९२ अर्ब « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

८ महिनामा जीवन बिमा कम्पनीको आम्दानी ९२ अर्ब


२१ चैत्र २०७८, सोमबार


काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा १९ जीवन बिमा कम्पनीहरूले बिमा शुल्क बापत ९२ अर्ब २० करोड ३९ लाख २० हजार रुपैयाँ आम्दानी गरेका छन् ।

बिमा समितिले दिएको जानकारी अनुसार यी कम्पनीहरूले फागुन महिनासम्म २५ अर्ब ९१ करोड ४२ लाख ५४ हजार रुपैयाँ प्रथम बिमा शुल्कबापत आर्जन गरेका हुन् ।

यस अवधिमा कम्पनीहरूले नवीकरण बिमा शुल्क बापत ६६ अर्ब २८ करोड ९६ लाख ६५ हजार रुपैयाँ आर्जन गरेका छन् ।

समितिका तथ्यांकशास्त्री बस्नत बोहराका अनुसार फागुन महिनामा मात्रै कम्पनीहरूले प्रथम बिमा शुल्क बापत २ अर्ब ८८ करोड १६ लाख रुपैयाँ र नवीकरण बिमा शुल्कबाट ८ अ र्ब १ करोड ९८ लाख ८४ हजार रुपैयाँ गरी १० अर्ब ९० करोड १५ लाख रुपैयाँ आम्दानी गरेका छन् । एक महिनामा जीवन बिमा कम्पनीहरूले ११ लाख ३७ हजार ७४९ वटा बिमा पोलिसी बिक्री गरेका छन् ।

जीवन बिमा कम्पनीहरूले एक वर्षमा ३८ दशमलव ३७ प्रतिशतले जीवन बीमालेख वृद्धि गरेका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सञ्चालनमा रहेका १९ जीवन बिमा कम्पनीहरूले ९२ लाख ३९ हजार ८२४ वटा बीमालेख बिक्री गरेका हुन् । अघिल्लो वर्षको फागुन मसान्तसम्म कम्पनीहरूले ७४ लाख ६४ हजार १५१ वटा मात्रै बीमालेख बिक्री गरेका थिए ।

बिमा शुल्कको अवस्था:

Tags :
प्रतिक्रिया दिनुहोस