नेपालस्थित भारतीय राजदूत क्‍वात्रा विदेश सचिवमा नियुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपालस्थित भारतीय राजदूत क्‍वात्रा विदेश सचिवमा नियुक्त


२१ चैत्र २०७८, सोमबार


काठमाडौँ । भारतीय विदेश मन्त्रालयले नेपालस्थित राजदूत विनय मोहन क्‍वात्रालाई विदेश सचिवमा नियुक्त गरेको छ।

भारतको मन्त्रिपरिषद्ले क्‍वात्रालाई सोमबार नियुक्त गरेको हो।

उनले आगामी मे १ देखि कार्यभार सम्हाल्ने छन्। हालका विदेश सचिव हर्शबर्द्धन शृङ्गलाले अप्रिल अन्तिममा अनिवार्य अवकाश पाउने भएपछि क्‍वात्रालाई नरेन्द्र मोदी नेतृत्वको सरकारले सो जिम्मेवारी दिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस