श्रीलङ्का केन्द्रीय बैङ्कका गभर्नरले दिए राजीनामा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

श्रीलङ्का केन्द्रीय बैङ्कका गभर्नरले दिए राजीनामा


२१ चैत्र २०७८, सोमबार


काठमाडौँ । श्रीलङ्काको केन्द्रीय बैङ्कका गभर्नरले राजीनामा दिएका छन्। गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्काको केन्द्रीय बैङ्कका गभर्नर अजिथ निवार्द काब्रालले राजीनामा दिएका हुन्।

आइतबार श्रीलङ्काको मन्त्रिपरिषद्का सबै (प्रधानमन्त्रीबाहेक) २६ मन्त्रीले सामूहिक राजीनामा बुझाएका थिए।

आर्थिक सङ्कटका कारण इन्धन, खाद्यान्न तथा औषधिसहितका अत्यावश्यक सेवाको अभावका कारण आक्रोशित नागरिकले पछिल्लो समय प्रदर्शन गर्दै आएका छन्। प्रदर्शन नियन्त्रणमा लिनका लागि राष्ट्रिय आपत्काल तथा कर्फ्यु लागु गरिएको भए पनि प्रदर्शन भने रोकिएको छैन।

उनीहरूले प्रधानमन्त्री महिन्दा राजपाक्ष तथा राष्ट्रपति गोतबाया राजपाक्षको राजीनामा माग गरेका छन्। तर राष्ट्रपति गोतबायाले भने सबै राजनीतिक दललाई सरकारमा आएर सङ्कट समाधानका लागि काम गर्न आह्वान गरेका छन्।

मन्त्रीहरूपछि केन्द्रीय बैङ्कका गभर्नरले पनि राजीनामा दिएपछि श्रीलङ्काको राजनीतिक तथा आर्थिक अस्थिरता थप सङ्कटतर्फ गएको छ।

केन्द्रीय बैङ्कले मङ्गलवार ब्याजदरका सम्बन्धमा निर्णय गर्ने तयारी छ। गभर्नरको राजीनामा आए पनि ब्याजदरबारेको निर्णय पछि धकेल्ने कुनै योजना नरहेको बैङ्कका प्रवक्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस