अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा बौद्धबाट १६ जना पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा बौद्धबाट १६ जना पक्राउ


२१ चैत्र २०७८, सोमबार


काठमाडौँ । अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा बौद्धबाट १६ जना पक्राउ परेका छन् ।

बौद्ध प्लटिङस्थित खाजा घरमा अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक घर भई कागेश्वरी मनोहरा नगरपालिका–७ शिव चोक बस्ने २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उक्त खाजा घरमा अनलाइन बिङ्गो खेल भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट प्रहरी खटिएको थियो । प्रहरीले उनीहरूलाई नगद ७४ हजार १ सय ५० रुपैयाँ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस