चितवनका सबै स्थानीय तहमा तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चितवनका सबै स्थानीय तहमा तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय


२१ चैत्र २०७८, सोमबार


काठमाडौँ । सत्ता गठबन्धनका पाँच दलबिच चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।

सोमबार बिहान बसेको गठबन्धनको बैठकले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने निर्णय गरेको हो ।

बैठकपछि सार्वजनिक प्रेस विज्ञप्तिमा काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका इन्चार्ज कृष्ण प्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राजमो अध्यक्ष डम्बर पुरीले हस्ताक्षर गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस