गठबन्धन : जसपालाई निषेध गर्ने हर्कत स्वीकार्य नहुने बाबुरामको चेतावनी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गठबन्धन : जसपालाई निषेध गर्ने हर्कत स्वीकार्य नहुने बाबुरामको चेतावनी


२१ चैत्र २०७८, सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीलाई कुनै पनि तहमा गरिने उपेक्षा स्वीकार्य नहुने बताएका छन् ।

स्थानीय निर्वाचनमा चुनावी तालमेलका लागि विभिन्न जिल्लामा बनेका संयन्त्रमा जसपालाई उपेक्षा,अपमान र निषेध गर्ने हर्क स्वीकार्य नहुने उनले चेतावनी दिएका हुन् ।

आइतबार नुवाकोटमा बसेको सत्ता गठबन्धनको बैठकमा काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको मात्र सहभागितामाथि भट्टराईले सोमबार ट्वीटमार्फत असन्तुष्टि जनाएका हुन् ।

उनले लेखेका छन्, “जुनसुकै स्थान र तहमा गठबन्धनको जिम्मेवार घटक जसपालाई उपेक्षा,अपमान र निषेध गर्ने हर्कत जो-कसैले गरे पनि त्यो स्वीकार्य हुन्न।”

गठबन्धनको धर्म र मर्यादा सबैले इमानदारितापूर्वक पालना गर्न उनको आग्रह छ । ‘कुनै छलछाम नगरौँ। राजनीतिमा सबै कुरा करबलले हैन स्वेच्छाले हुन्छ भन्ने नभुलौँ’, उनले लेखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस