आइपिएल : साबिक विजेता चेन्नईको लगातार तेस्रो हार, पन्जाब किङ्स ५४ रनले विजयी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आइपिएल : साबिक विजेता चेन्नईको लगातार तेस्रो हार, पन्जाब किङ्स ५४ रनले विजयी


२१ चैत्र २०७८, सोमबार


काठमाडौँ। इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटमा साबिक विजेता चेन्नई सुपर किङ्सले लगातार तेस्रो हार व्यहोरेको छ ।

मुम्बईमा आइतबार राति पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै चेन्नईले तेस्रो हार व्यहोरेको हो । पन्जाबले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा अलआउट हुँदै १ सय २६ रन मात्र बनाउन सक्यो ।

चेन्नईका शिवम डुबेले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ्स खेले । रोबिन उथप्पा र अम्बाती रायडु समान १३ रनमा आउट हुँदा कप्तान रविन्द्र जडेजा शून्य रनमा आउट भए । महेन्द्र सिंह धोनीले २३ रन बनाए ।

पन्जाबका राहुल चाहरले ३ तथा लियाम लिभिङस्टोन र भैबब अरोराले २-२ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।

पन्जाबका लागि लियाम लिभिङस्टोनले ६० रनको अर्धशतकीय इनिङ्स खेले । शिखर धवनले ३३ तथा जितेश शर्माले २६ रन बनाए ।

चेन्नईका क्रिस जोर्डन र ड्वाने प्रिटोरिउसले २-२ विकेट लिए । यस जितसँगै पन्जाबले तीन खेलमा दोस्रो जित निकालेको छ । पन्जाबले ३ खेमा ४ अङ्क जोडेको छ । चेन्नईले ३ खेलमा अङ्क जोड्न सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस