श्रीलङ्कामा राजापाक्षे सरकारका सबै मन्त्रीले राजीनामा दिए « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

श्रीलङ्कामा राजापाक्षे सरकारका सबै मन्त्रीले राजीनामा दिए


२१ चैत्र २०७८, सोमबार


काठमाडौँ । चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा राष्ट्रपति गोटवाया राजापाक्षेको सरकारमा रहेका सबै मन्त्रीहरूले राजीनामा दिएका छन्।

भारतीय समाचार पत्र द हिन्दुका अनुसार सङ्कटकाल घोषणा भएपछि लगाइएको कर्फ्यु र त्यसका बाबजुद आइतबार भएका प्रदर्शनपछि आइतबार राति मन्त्रीहरूले प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा बुझाएका हुन्।

केही मन्त्रीले आफूले राजीनामा दिएको कुरा सामाजिक सञ्जालमा पनि उल्लेख गरेका छन्। राजीनामा दिनेहरूमा राजापाक्षे परिवारका तीन जना मन्त्री पनि छन्।

राजापाक्षे सरकारले श्रीलङ्काको अर्थतन्त्रलाई राम्ररी चलाउन नसकेको भन्दै विपक्षी दल र प्रदर्शनकारीले नयाँ अन्तरिम सरकार बनाउनु पर्ने माग गरिरहेका छन्।

सबै मन्त्रीहरूले राजीनामा दिएपछि अब राष्ट्रपति गोटवायाले नयाँ अनुहारलाई मन्त्री बनाउने अपेक्षा गरिएको छ।

मन्त्रीहरूले दिएको राजीनामाबारे प्रधानमन्त्री महिन्दाले सोमबार राष्ट्रपति गोटवायासँग छलफल गर्दै छन्।

Tags :
प्रतिक्रिया दिनुहोस