वैशाख १ गतेबाट अनलाइनबाटै तारिख लिन पाउने व्यवस्था « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

वैशाख १ गतेबाट अनलाइनबाटै तारिख लिन पाउने व्यवस्था


२० चैत्र २०७८, आइतबार


काठमाडौँ । आगामी वैशाख १ गतेबाट अनलाइनबाटै तारिख लिन पाउने व्यवस्था गरिने भएको छ ।

विशेष अदालतको चैत १३ गते बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । यो सेवा लागू भएसँगै सेवाग्राहीले आफूलाई पायक पर्ने उच्च वा जिल्ला अदालत पुगेर अनलाइनबाटै तारिख बुझ्न पाउने भएका हुन् ।

सूचनामा भनिएको छ, ‘२०७९ वैशाख १ गतेदेखि पक्षले चाहेमा आफूलाई पायक पर्ने उच्च अदालत तथा जिल्ला अदालतहरूबाट अनलाइन तारिख लिन पाउने गरी निर्णय भएबमोजिम मुद्दाका पक्षहरूलाई पायक पर्ने अदालतबाट विद्युतीय माध्यमबाट तारिख उपलब्ध गराउने प्रयोजनका लागि सर्वोच्च अदालतबाट जारी सूचना प्रविधिको प्रयोगबाट तारिख लिने सम्बन्धी निर्देशिका, २०७२ बमोजिम देहायका समन्वयकर्ता र सम्पर्क व्यक्ति तोकिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस