एमालेबाट निर्वाचित मेयर एकीकृत समाजवादी प्रवेश « प्रशासन
Logo २ भाद्र २०७९, बिहिबार
   

एमालेबाट निर्वाचित मेयर एकीकृत समाजवादी प्रवेश


२० चैत्र २०७८, आइतबार


धनगढी । कञ्चनपुरमा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वेदकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका अशोककुमार चन्दसहितका जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

मेयर चन्दसहित वेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित भएका चार जना वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

कञ्चनपुरको वेदकोट नगरपालिका–३ दैजीमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेयर चन्दसहितका जनप्रतिनिधिलाई पार्टीमा स्वागत गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस