कोरोना खोप लगाएको ३ महिनामै बुस्टर डोज दिने व्यवस्था « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोना खोप लगाएको ३ महिनामै बुस्टर डोज दिने व्यवस्था


२० चैत्र २०७८, आइतबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को खोपको पहिलो शृङ्खला पूरा गरेको तीन महिनापछि नै बुस्टर खोप दिने व्यवस्था गरेको छ ।

मन्त्रालयको परिवार कल्याण महाशाखाले सबै प्रदेशको स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरी पहिलो शृङ्खलाको खोप पूरा गरेको तीन महिनामै बुस्टर डोज दिन आग्रह गरेको छ ।

यसअघि कोभिड –१९ को पहिलो शृङ्खला खोप लगाएको ६ महिनापछि मात्र बुस्टर डोज दिनुपर्ने सरकारी नीति थियो ।

महाशाखाले पठाएको पत्रमा भनिएको छ,‘राष्ट्रिय खोप सल्लाहकार समितिको २०७८ चैत १३ गते सिफरिसको आधारमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय अनुसार पहिलो शृङ्खला पूरा गरेको तीन महिनापछि एक मात्रा बुस्टर खोप दिने व्यवस्था गर्न गराउनुहुन अनुरोध छ ।’

स्वास्थ्य मन्त्रालयको पत्र

Tags :
प्रतिक्रिया दिनुहोस