भन्सार एजेन्टको परीक्षा वैशाख १७ गते हुने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भन्सार एजेन्टको परीक्षा वैशाख १७ गते हुने


२० चैत्र २०७८, आइतबार


काठमाडौँ । भन्सार एजेन्टको परीक्षा १७ वैशाखमा हुने भएको छ ।

भन्सार विभागका अनुसार १७ वैशाख शनिवार दिनको २ बजेदेखि परीक्षा हुनेछ ।

उच्च अदालत पाटनले यस अघि परीक्षा स्थगन गर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय भएपछि परीक्षाको नयाँ मिति तोकिएको विभागले जनाएको छ ।

यसअघि गत २८ फागुनका लागि तोकिएको परीक्षा २७ गते साँझ तेस्रो पटक स्थगन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस