माधव नेपालसहितका १४ सांसदको मुद्दा ‘हेर्न नमिल्ने’मा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माधव नेपालसहितका १४ सांसदको मुद्दा ‘हेर्न नमिल्ने’मा


२० चैत्र २०७८, आइतबार


काठमाडौँ । माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध नेकपा एमालेले दिएको रिटमाथि आइतबार सुनुवाइ नहुने भएको छ ।

न्यायाधीशहरू अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दा न्यायाधीश सुवेदीले आफूले हेर्न नमिल्ने बताएका छन् ।

सांसद सोमप्रसाद पाण्डे संलग्न एक मुद्दामा आफूले आदेश गरेकाले अहिले उनीसमेत विपक्षी भएको रिटको सुनुवाइ गर्न नमिल्ने भनी न्यायाधीश सुवेदीले इजलासमा जानकारी गराएका स्रोतले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस