आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा फेसबुक, ट्विटर चलाउन प्रतिबन्ध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा फेसबुक, ट्विटर चलाउन प्रतिबन्ध


२० चैत्र २०७८, आइतबार


काठमाडौँ । आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको छ।

कोलम्बो ग्याजेटका अनुसार प्रदर्शनलाई रोक्न सरकारले आइतबारदेखि फेसबुक, ट्विटर, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल चलाउन देशभरि प्रतिबन्ध लगाएको हो।

श्रीलङ्कामा राष्ट्रपति र सरकारविरुद्ध प्रदर्शनहरू बढ्न थालेपछि शुक्रबार राति सङ्कटकाल घोषणा गरिएको थियो। सङ्कटकालसँगै सरकारले शनिवार साँझ देशभरि ३६ घन्टे कर्फ्यु लगाइएको थियो।

सरकारले कहिलेसम्म सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँछ भन्ने एकिन छैन।

Tags :
प्रतिक्रिया दिनुहोस