पाकिस्तानी प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्तावमाथि आज मतदान हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पाकिस्तानी प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्तावमाथि आज मतदान हुने


२० चैत्र २०७८, आइतबार


काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसद्मा पेस भएको अविश्वासको प्रस्तावमाथि आइतबार तल्लो सदन नेसनल एसेम्ब्लीमा मतदान हुँदैछ। उनी विरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पारित भएमा प्रधानमन्त्री खान स्वतः पदमुक्त हुनेछ।

३४२ सदस्य रहेको सदनमा गत साता खानको पाकिस्तान तेहरिक–इ–इन्साफ (पिटिआई)ले बहुमत गुमाएको थियो। गठबन्धनका केही सांसदहरू सरकारको विपक्षमा उभिएका थिए। त्यस्तै पीटीआईकै सांसदहरूले पनि खानविरुद्ध विद्रोह गरेका थिए।

पूर्व क्रिकेटरसमेत रहेका प्रधानमन्त्री खानले पदबाट राजीनामा नदिने बरु ‘अन्तिम बलसम्म’ सङ्घर्ष गरिरहने बताएका थिए। उनले आफूलाई हटाउन देशबाहिर षडयन्त्र रचिएको दाबी गर्दै शान्तिपूर्ण विरोध गर्न आफ्ना समर्थकहरूलाई सडकमा आउन अपिल गर्दै आएका छन्।

अहिलेसम्म कुनै पनि पाकिस्तानी प्रधानमन्त्रीले आफ्नो कार्यकाल पूरा गरेका छैनन्। खान पदमुक्त भएमा पूर्व प्रधानमन्त्री नवाज सरिफका भाइ सेहबाज सरिफ अर्को प्रधानमन्त्री बन्ने अनुमान गरिएको छ।

आफू विरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमाथि मतदान हुने ठिक एक दिनअघि खानले शनिवार आफ्ना समर्थकहरूलाई सडकमा उत्रिन आह्वान गरेका थिए। खानमाथि देशमा आर्थिक सङ्कट निम्त्याएको विपक्षीले आरोप लगाउँदै आएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस