आचारसंहिता कार्यान्वयनबारे आयोगले दलहरूसँग छलफल गर्दै, प्रतिनिधिसँग प्रतिबद्धता लिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आचारसंहिता कार्यान्वयनबारे आयोगले दलहरूसँग छलफल गर्दै, प्रतिनिधिसँग प्रतिबद्धता लिने


२० चैत्र २०७८, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तहको चुनावका आचारसंहिता कार्यान्वयनबारे दलहरूसँग छलफल गर्ने भएको छ।

स्थानीय चुनावका लागि दल दर्ताको निवेदन दिएका दलहरूलाई आयोगले छलफलका लागि बोलाएको हो।

चैत २२ गते मङ्गलवार दलहरूका प्रतिनिधिसँग आयोगले आचारसंहिताबारे प्रतिबद्धता लिन लागेको छ।

आयोगले वैशाख ३० मा हुन गइरहेको निर्वाचनका लागि दलहरूबाट निर्वाचन आचारसंहिता कार्यान्वयनबारे प्रतिबद्धता लिने तयारी गरेको आयोग स्रोतको भनाइ छ।

गत चैत ३ मै निर्वाचन आचारसंहिता स्वीकृत भई राजपत्रमा समेत प्रकाशित भइसकेको छ।

स्थानीय चुनावमा भाग लिने ७९ दलका प्रतिनिधिसँग छलफल गरेर आचारसंहिता पालनाको लागि प्रतिबद्धता लिइने आयोगको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस