आयल निगम र पेट्रोलियम व्यवसायीबीच सहमति, आजदेखि आपूर्ति सुचारु हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आयल निगम र पेट्रोलियम व्यवसायीबीच सहमति, आजदेखि आपूर्ति सुचारु हुने


२० चैत्र २०७८, आइतबार


काठमाडौँ । एलपी ग्यास उद्योग सङ्घ र पेट्रोलियम डिलर्स, ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । नेपाल आयल निगमसँग शनिवार ४ बुँदे सहमतिपछि व्यवसायीहरूले आन्दोलन स्थगित गरेका हुन् ।

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै व्यवसायीहरू एक साताअघिदेखि आन्दोलनमा थिए ।

आन्दोलनरत पक्षले (आइतबार) आज बिहान ८ बजेदेखि पेट्रोलियम पदार्थको ढुवानी सहज हुने बताएको छ ।

(सहमति पत्रसहित)

Tags :
प्रतिक्रिया दिनुहोस