गजल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गजल


१९ चैत्र २०७८, शनिबार


नबोलेर बसौँ भने लाटी भन्लान् भन्ने डर,
बोलौँ भने धेरै कुरा, काटी भन्लान् भन्ने डर ।

साँचो कुरा गरौंं भने ज्यानै जाने हो कि,
प्राण रक्षा गर्नखोजुँ, ढाँटी भन्लान् भन्ने डर ।

सबैसँग हासीखुशी बोलुम भन्दा समाजमा,
मनै मन डोरी अन्तै, बाटी भन्लान् भन्ने डर ।

ब्याजको त कुरै छाडौँ साँवा डुब्ने खतरा भो,
फिर्ता मागौँ थुकेको थुक, चाटी भन्लान् भन्ने डर ।

विरोध गरौँ विखण्डनको कारक बन्ने चाहा छैन,
चुपचाप सहूँ रहिनछ, आँटी भन्लान् भन्ने डर ।

राष्ट्रसेवक कर्तव्य छ घुम्नुपर्ने देशैभरि,
सुटुक्क त्यो मुटु अन्तै, साटी भन्लान् भन्ने डर ।

Tags :
प्रतिक्रिया दिनुहोस