नेपाल बारको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल बारको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु


१९ चैत्र २०७८, शनिबार


काठमाडौँ । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।

नयाँ नेतृत्व चयनका लागि शनिवार बिहान आठ बजेदेखि मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ। देशभरका ३५ स्थानबाट हुन लागेको मतदान अपराह्न ४ बजे सम्पन्न हुने भनिएको छ ।

प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबिच प्रतिस्पर्धा हुने भएको छ।

बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरे र प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहको तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीको समूहबिच प्रतिस्पर्धा हुँदै छ।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र १३ सदस्य गरी २५ जनाको कार्यसमितिका लागि निर्वाचन हुनेछ। निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाता रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस