देउवा र मोदीद्वारा भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको उद्घाटन « प्रशासन
Logo २१ असार २०७९, मंगलबार
   

देउवा र मोदीद्वारा भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको उद्घाटन


१९ चैत्र २०७८, शनिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट शनिवार भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको संयुक्तरुपमा उद्घाटन गरेका छन् । दुई प्रधानमन्त्रीले भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो सीमा पार रेल लिङ्क उद्घाटन गरेका हुन् ।

कम्पनीले रेल खरिद गरेको करिब दुई वर्षपछि रेल सेवा औपचारिकरुपमा उद्घाटन भएको छ । जयनगरमा प्रोजेक्टरमा दिल्लीमा हुने उद्घाटन कार्यक्रम प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको थियो । दुवै देशका प्रधानमन्त्रीले रेल्वे उद्घाटन गरेपछि रेल कुर्थाका लागि प्रस्थान गर्नेछ ।

प्रत्येक स्टेसनमा बालबालिका तथा छात्रछात्राले नेपाल–भारतको झन्डा लिएर रेलको स्वागत गर्नेछन् । यस्तै हल्ट स्टेसनमा स्वागत तथा नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ । स्वागतका लागि बसेकालाई समेत सो रेलमा चढाएर कुर्थासम्म लगिनेछ ।

कुर्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवसमेत रेलमा चढेर जनकपुरसम्म आउने र त्यहाँ उद्घाटनको अन्य कार्यक्रम हुने कार्यपालिका रहेको छ । गत फागुन १ देखि नै जयनगर–जनकपुरसम्म ड्राई रन ९यात्रु बिनाको० रेल दैनिक एक पटक सञ्चालन हुँदै आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस