स्थानीय तह निर्वाचनका लागि रुपन्देहीमा सत्ता गठबन्धनको संयन्त्र गठन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्थानीय तह निर्वाचनका लागि रुपन्देहीमा सत्ता गठबन्धनको संयन्त्र गठन


१९ चैत्र २०७८, शनिबार


काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलले रुपन्देहीमा पनि चुनावी तालमेल आवश्यक रहेको ठहर गर्दै जिल्ला स्तरीय संयन्त्र गठन गरेका छन् ।

नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको गठबन्धनमा आबद्ध दलहरूको बैठकले निर्वाचन तालमेलका लागि जिल्ला स्तरीय संयन्त्र गठन गरेको हो ।

काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको संयोजकत्वमा गठन भएको संयन्त्रमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नारायण जिसी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष राम अवतार यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष राजु गुरुङ र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहेका छन् ।

समितिले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको वस्तुस्थितिको प्रतिवेदन तयार गरी केन्द्रलाई सुझाव पठाउने र जिल्लामा आवश्यक रणनीति तय गर्ने नेपाली काङ्ग्रेस रुपन्देहीका अध्यक्ष रामकृष्ण खाँणले बताए । संयन्त्रले आ–आफ्नो पार्टीको स्थानीय तहमा वस्तुस्थिति तयार गरी चैत २२ गते थप छलफल गर्ने छ ।

संयन्त्र समितिले संविधानको रक्षा, कार्यान्वयन र प्रतिगमनलाई परास्त गर्न गठबन्धनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस