विश्वकप फुटबल : उद्घाटन खेलमा कतार र इक्वेडर भिड्ने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

विश्वकप फुटबल : उद्घाटन खेलमा कतार र इक्वेडर भिड्ने


१९ चैत्र २०७८, शनिबार


काठमाडौँ । यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरको सामना गर्नेछ।

फिफाले शुक्रबार सार्वजनिक गरेको समूह विभाजन अनुसार उद्घाटन खेलमा कतारले इक्वेडरसँग खेल्ने भएको हो।

कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा अल बायत स्टेडियममा हुनेछ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार ३:४५ बजे सुरू हुनेछ।

पहिलो दिन थप तीन खेलहरू हुनेछन्। जसमा सेनेगलले नेदरल्यान्ड्ससँग नेपाली समय अनुसार १८:४५ बजे प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै समूह ‘बी’का दुई खेल हुनेछन्। जसमा इङ्ल्यान्डले एसियाली मुलुक इरानसँग नेपाली समय अनुसार राती २१:४५ बजे खेल्दा यूएसएले स्कटल्यान्डरवेल्स र युक्रेनमध्ये विश्वकपमा छनोट हुने एक टोलीसँग राती ००:४५ बजे खेल्नेछ।

कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ। कतार विश्वकपमा ३२ टोलीको सहभागिता रहने छ।

Tags :
प्रतिक्रिया दिनुहोस