पत्रकारलाई सञ्चारसाधनमा अनुदान दिने गरी बजेट ल्याउँछौँ : हिमबहादुर शाही « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पत्रकारलाई सञ्चारसाधनमा अनुदान दिने गरी बजेट ल्याउँछौँ : हिमबहादुर शाही


१८ चैत्र २०७८, शुक्रबार


सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले कर्णालीका पत्रकारलाई सञ्चारसाधनमा अनुदान दिने गरी बजेटमा व्यवस्था हुने प्रतिबद्धता जनाएका छन् ।

सुर्खेतमा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुसँगको भेटमा मन्त्री शाहीले पत्रकारलाई सञ्चार सामाग्री खरिदमा अनुदान दिने गरी बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका हुन् ।

राज्यको चौथो अङ्गका रुपमा रहेको पत्रकार जगतका लागि आवश्यक बजेट र नीति कार्यक्रम ल्याउने उनले पत्रकार स्वास्थ्य बीमा कार्यक्रमको बजेट थप गर्ने र स्थानीय स्तरका पत्रिकाहरुलाई विज्ञापन दिने नीति ल्याइने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस