तिनपिप्लेमा सडक अवरुद्ध, मुड्खु-ककनी खण्ड पिच गर्न माग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तिनपिप्लेमा सडक अवरुद्ध, मुड्खु-ककनी खण्ड पिच गर्न माग


१८ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । मुड्खु–ककनी सडक खण्ड पिच गर्न माग गर्दै स्थानीयले सडक अवरुद्ध पारेका छन् । तिनपिप्लेमा भेला भएर स्थानीयले सवारी साधन आवत -जावतमा मा जाउमा रोक लगाएका छन् ।

स्थानीयको अवरोधका कारण नुवाकोट तर्फ जाने फोहोरका टिपरहरूलाई समेत तिनपिप्लेबाटै फिर्ता पठाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बल्खु पुलबाट सुन्दरीघाट जाने सडक ग्राभेल गर्ने काम भइरहेकाले उक्त स्थानमा सञ्चालन हुने सवारी साधन पनि प्रभावित भएका छन् ।

ललितपुरको गोदावरी–हरिसिद्धी आवत -जावत गर्ने सवारी साधनलाई आज पनि क्यान्सर अस्पताल–साना गाउँ–डामाडोल—ग्वार्को हुँदै सञ्चालन गरिएको छ । उक्त स्थानमा सडक मर्मतका कारण सवारी साधनलाई डाइभर्सन गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

गोदावरी–हरिसिद्धी सडक पिच गर्न माग गर्दै स्थानीयले केही दिन अगाडि सवारी आवागमन बन्द गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस