पूर्व न्यायमन्त्री फु झेङहुवा चिनियाँ कम्युनिस्ट पार्टीबाट निष्कासित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पूर्व न्यायमन्त्री फु झेङहुवा चिनियाँ कम्युनिस्ट पार्टीबाट निष्कासित


१८ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका एक जना उच्च अधिकारीलाई पार्टीबाट निष्कासन गरिएको छ।

समाचार संस्था सिन्ह्वाका अनुसार पार्टी अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको आरोपमा पूर्व न्याय मन्त्री एवं चिनियाँ प्रहरीका उपप्रमुख फु झेङहुवालाई निष्कासन गरिएको हो।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय अनुशासन निरीक्षण आयोग र राष्ट्रिय सुपरिवेक्षण आयोगले बिहीबार झेङहुवालाई पार्टीबाट निकाल्ने र सार्वजनिक पद धारण गर्न नदिने निर्णय गरेको हो।

झेङहुवामाथि गत अक्टोबरदेखि अनुसन्धान थालिएको थियो।

६७ वर्षीय झेङहुवा कुनै बेला चिनियाँ कम्युनिस्ट पार्टीमा निकै प्रभावशाली मानिएका थिए। सन् २०१३ मा उनले चीनका पूर्व सुरक्षा प्रमुख झोउ योङकाङविरूद्धको अनुसन्धानको नेतृत्व गरेका थिए। २०१५ योङकाङलाई आजीवन कारावास सजाय सुनाइएको थियो।

झेङहुवा सन् २०१८ देखि २०२० सम्म चीनका न्याय मन्त्री थिए।

Tags :
प्रतिक्रिया दिनुहोस