मलेसिया र पीएनजी भिड्दै, फाइनल पुग्न पीएनजीलाई जित्नै पर्ने दबाब « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मलेसिया र पीएनजी भिड्दै, फाइनल पुग्न पीएनजीलाई जित्नै पर्ने दबाब


१८ चैत्र २०७८, शुक्रबार


काठमाडौँ। त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज (शुक्रबार) मलेसिया र पपुवा न्युगिनी (पीएनजी) बिच प्रतिस्पर्धा हुँदै छ ।

टियु क्रिकेट मैदानमा मलेसिया र पीएनजी प्रतिस्पर्धा गर्ने छन् । खेल १२:३० बजे सुरु हुनेछ । आज मलेसिया दोस्रो जित निकाल्ने योजनामा हुनेछ । मलेसियाले २ खेलमा २ अङ्क जोडेको छ ।

मलेसिया पीएनजीलाई हराएर फाइनल यात्रा तय गर्न चाहन्छ । पीएनजी भने पहिलो जितको खोजीमा हुनेछ । पीएनजीले ३ खेलमा अङ्क जोड्न सकेको छैन ।

फाइनल यात्रा कायम राख्न पीएनजीलाई जित्नै पर्ने दबाब रहेको छ । सिरिज अन्तर्गत नै भएको पहिलो भेटमा मलेसियाले पीएनजीलाई ८ रनले हराएको थियो ।

सिरिजमा नेपाल, मलेसिया र पीएनजीले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल लगातार तीन खेल जितेर फाइनल पुगिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस