भन्सार छली समान बोकेको आशङ्कामा ट्रक नियन्त्रण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भन्सार छली समान बोकेको आशङ्कामा ट्रक नियन्त्रण


१७ चैत्र २०७८, बिहिबार


वीरगन्ज । वीरगन्जबाट प्रहरीले भन्सार छलीको समान बोकेको आशङ्कामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगन्ज–८ घण्टाघरबाट ना.६ ख ६०३ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

प्रज्ञापन पत्र बिना हार्डवेयर तथा विभिन्न किसिमका लत्ता कपडाहरू लोड गरेर काठमाडौँतर्फ जाँदै गरेको विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले सामानसहितको ट्रक नियन्त्रणमा लिएको थियो । रोकेर चेक गर्दा प्रज्ञापन पत्र देखाउन नसकेपछि प्रहरीले ट्रक नियन्त्रणमा लिएको थियो ।

ट्रकसहित सामानको मूल्य १ करोड २० लाख मूल्याङ्कन गरिएको प्रहरीले जनाएको छ । सामानसहितको ट्रक आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस