चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा १११ केन्द्र निर्धारण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा १११ केन्द्र निर्धारण


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । चिकित्सा शिक्षा आयोग स्नातक तहको एकीकृत प्रवेश परीक्षा यही चैत १८ देखि २१ गतेसम्म हुँदै छ ।

स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४ हजार ६६५ परीक्षार्थीहरू सहभागी हुने आयोगले जनाएको छ ।

आयोगका अनुसार पहिलो दिन १९ हजार ५०८, दोस्रो दिन १२ हजार २६२ र तेस्रो दिन २,८९५ परीक्षार्थी गरी कूल ३४ हजार ६६५ परीक्षार्थीहरू परीक्षामा सहभागी हुने भएका हुन्।

काठमाडौँ उपत्यकामा मात्र सञ्चालन हुने परीक्षामा १११ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

आयोगले विज्ञप्ति जारी गर्दै परीक्षाजस्तो संवेदनशील विषयमा भ्रामक र अनधिकृत प्रचारबाजी कोही कसैबाट नगर्न, नगराउन अनुरोध समेत गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति

Tags :
प्रतिक्रिया दिनुहोस