टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्रले बनाए चौथो अर्ध शतक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्रले बनाए चौथो अर्ध शतक


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । क्रिकेटर दीपेन्द्र सिंह ऐरीले टी–२० अन्तर्राष्ट्रियमा चौथो अर्ध शतक प्रहार गरेका छन् ।

बिहीबार (आज) त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पपुवा न्यूगिनीविरुद्धको खेलमा उनले अर्ध शतक पूरा गर्दै समग्रमा टी–२० अन्तर्राष्ट्रियमा चौथो अर्ध शतक बनाएका हुन् ।

१८औँ ओभरको सुरुवाती तीन बलमा लगातार तीन छक्का प्रहार गर्दै दीपेन्द्रले अर्ध शतक पूरा गरेका हुन । उनी ३३ बलमा तीन चौका र चार छक्काको मद्दतमा ६६ रन बनाएर आउट भए ।

Tags :
प्रतिक्रिया दिनुहोस