बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिइने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिइने


१७ चैत्र २०७८, बिहिबार


मार्तडी । सदरमुकाममा रहेको जिल्ला अस्पताल बाजुराले सञ्चालन गरेको फार्मेसीबाट औषधि किनेर लैजाने बिरामीलाई प्रत्येक औषधिमा पर्ने मूल्यको दश प्रतिशत छुट दिइने भएको छ ।

अस्पतालले आजदेखि लागू हुने गरी अस्पतालमा उपचाररत र उपचार गर्न आएका बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल व्यवस्थापन समितिका नव नियुक्त अध्यक्ष मानबहादुर कार्कीले जानकारी दिए ।

अस्पतालमा हाल ७० प्रकारका औषधि निःशुल्क पाइने र त्यस बाहेकका औषधि किन्दा १० प्रतिशत छुट गर्ने निर्णय गरिएको अध्यक्ष कार्कीले बताए ।

अस्पताललाई जनमुखी बनाउने गरी काम गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कार्कीको भनाइ छ । सम्मेलनमा ५० शय्याको अस्पताल निर्माणाधीन रहेको र तत्काल सम्पन्न गरी निर्माण भएको नयाँ भवनबाट सेवा प्रदान गर्ने कार्कीले बताए ।

अस्पतालमा नर्सिङ कक्षा सञ्चालनका लागि प्रदेश सरकारसँग अनुमतिका लागि पहल गर्ने अध्यक्ष कार्की बताउँछन् ।

अस्पतालमा आएका बिरामीलाई १० प्रतिशत छुट दिँदा नागरिक धेरै राहत पाउने अस्पतालका प्रमुख डा. प्रकाशराज जोशीले बताए । अस्पतालको फार्मेसीमा ७५० प्रकारका औषधि रहेको डा. जोशीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस