बेनीमा पार्किङ गरिएका दुई सवारीसाधनमा आगजनी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बेनीमा पार्किङ गरिएका दुई सवारीसाधनमा आगजनी


१७ चैत्र २०७८, बिहिबार


आगलागी

बेनी । बेनी–दरबाङ सडकखण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा रहेको दुई सवारीसाधनमा आगलागी भएको छ ।

आज बिहान करिब ४ बजे सडकमा पार्किङ गरिएका भ्यान र ट्याक्सीमा अज्ञात व्यक्तिबाट आगजनी गरिएको हो ।

सडकमै पार्किङमा रहेका ध १ ज ९८६ नं को भ्यान र ध १ ज ७२६ नं को ट्याक्सीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार सवारी साधनमा आगलागी गर्ने व्यक्तिको पहिचान भएको छैन ।

बुधबार बेलुका करिब ७ बजे दुवै सवारीसाधन एक आपसमा ठोक्किएर सामान्य दुर्घटना भएपछि भएको क्षति दुवै पक्षले एकआपसमा व्यहोर्ने गरी मिलापत्र गराइएको थियो ।

दुवै सवारी साधनका धनी स्थानीयवासी नै भएकाले तिनलाई डम्मरास्थित सडकमै पार्किङ गरिएकामा आगलागी भएपछि घटना रहस्यमय बनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस