लोसपा कार्यकारिणी बैठक आज पनि बस्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लोसपा कार्यकारिणी बैठक आज पनि बस्ने


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी बैठक आज पनि बस्ने भएको छ । बुधबारबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो ।

बैठक दिउँसो १ बजे पुनः बस्नेछ । बुधवारको बैठकमा आसन्न स्थानीय तह निर्वाचनका लागि तालमेलका विषयमा कार्यकारिणी सदस्यहरूले धारणा राखेका छन् ।

बैठकमा धारणा राख्ने सदस्यहरूले पार्टीलाई उपलब्धि हुने गरी तालमेल गर्न नेतृत्वलाई सुझाव दिएका छन् । व्यक्तिगत स्वार्थभन्दा पनि नयाँ निर्माण भएको पार्टीलाई स्थापित गर्ने गरी तालमेल गर्न सुझाव आएको छ ।

बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले तालमेलको निर्णय केन्द्रबाट नभई जिल्ला स्तरबाट हुनुपर्ने धारणा राखेका छन् ।

बैठकमा गठबन्धन गर्दा जिल्ला तहलाई बढी सक्रिय बनाउनुपर्ने धारणाहरू आएका छन् ।

बैठकमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया, निर्वाचनमा टिकट वितरण गर्ने अधिकार, निर्वाचन घोषणापत्र, पार्टीको विधान संशोधनलगायत एजेन्डा प्रस्तुत भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस