मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित हुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित हुने


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । वालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार(आज) बिहान ८ः३० बजेका लागि बैठक डाकेका हुन् ।

आजको बैठक शुक्रवार(भोलि)देखि हुन लागेको प्रधानमन्त्री देउवाको तीन दिने भारत भ्रमण एजेन्डाहरूमा बढी केन्द्रित हुने छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागि भारत जान लागेका छन् । चैत १८ देखि २० सम्म हुने उनको भ्रमण दलमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवा, परराष्ट्र मन्त्री नारायण खड्का सहित अन्य मन्त्री र उच्च सरकारी अधिकारीको सहभागिता हुनेछ।

पाँचौँ पटक प्रधानमन्त्री नियुक्त भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो।

बालुवाटार विशेष स्रोतका अनुसार मुख्य एजेन्डा प्रधानमन्त्रीको भ्रमणमै केन्द्रित रहने भएपनि तत्काल जारी गर्नै पर्ने केही अध्यादेश र मन्त्रालयका नियमित एजेन्डाहरूबारे निर्णय हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस