आइपिएलमा बैंगलोरको पहिलो जित, कोलकाता ३ विकेटले पराजित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आइपिएलमा बैंगलोरको पहिलो जित, कोलकाता ३ विकेटले पराजित


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेटमा रोयल्स च्यालेन्जर्स बैंगलोरले पहिलो जित निकालेको छ । बुधवार राती भएको खेलमा बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ३ विकेटले हराएको हो ।

मुम्बईमा कोलकाताले दिएको १२९ रनको लक्ष्य बैंगलोरले १९ ओभर २ बलमा ७ विकेट गुमाउँदै १३२ रन पुरा गर्‍यो ।

बैंगलोरको जितका लागि शेर्फेन रदर्फुर्डले २८ रन बनाए । त्यस्तै साहबाज अहमेदले २७ रन बनाउँदा डेभिड विलेले १८ रनको योगदान गरे । बैंगलोरका लागि दिनेश कार्त्तिकले १४ रन जोडे । बलिङतर्फ कोलकाताका लागि टिम साउथीले सर्वाधिक ३ विकेट लिए । त्यसै उमेस यादवले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले १८ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १२८ रन बनाएको थियो । कोलकाताका लागि आन्द्रे रसलले सर्वाधिक २५ रन बनाए । त्यस्तै उमेश यादवले १८ रनको योगदान गरे ।

बलिङतर्फ बैंगलोरका लागि वानिन्दु हर्शरंगाले सर्वाधिक ४ विकेट लिए । त्यस्तै आकाश दीपले ३ विकेट लिए । जितसँगै बैंगलोरले दुई खेलमा २ अङ्क जोडेको छ । बैंगलोर पहिलो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो । यता दुई खेल खेलेको कोलकाताले २ अङ्क जोडेको छ । कोलकाताले पहिलो खेलमा चेन्नई सुपर सिङ्कलाई हराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस