सरकारी मानो र हाकिमको सरुवा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकारी मानो र हाकिमको सरुवा


१७ चैत्र २०७८, बिहिबार


कुनै देशको बढी जनसम्पर्क हुने, काम पनि भएको र केही थप सुविधा रहेको कार्यालयमा अलि अलि विवाद आउने हुनाले प्रायः कार्यालय प्रमुख समय अगावै फेरिन्थे। यही क्रममा यौटा संयोग जुर्‍यो । आउने र जाने बिच कार्यालयमै भेट भयो र बरबुझारथ भयो।

नयाँ आउने हाकिमले पुरानो हाकिमलाई मलाई यहाँको केही कुरा सिकाइदिनुस् अनि सिप पनि दिनुस् भनेर भन्यो । सरुवा भएर जानेले म अलि हतारमा छु, मैले दुई वटा खाम राखिदिएको छु। ती खामहरू कहिले खोल्ने भनेर पनि लेखिदिएको छु, सोही समयमा खोल्नु होला भन्यो।

पहिलो खाममा एक वर्षपछि र अर्कोमा १८ महिनापछि मात्र समस्या परेको अवस्थामा खोल्न लेखिएको थियो।

नयाँ हाकिम आएको करिब ६ महिना पश्चात् केही समस्याहरू देखिए पनि उसले टार्दै गयो तर वर्षदिन पुग्न लाग्दा निकै समस्या आयो, उसले खाम सम्झियो अनि तत्काल खोल्यो । त्यसमा लेखिएको थियो ‘यि सबै समस्या पहिलादेखि कै हो, म सबैको समाधान गर्छु धैर्यता गर्नुस् भनेर सम्झाउनु’

उसले त्यहिँ उपाय लगायो र करिब ६ महिनासम्म जेनतेन अफिस चलायो । फेरि विवाद सुरु भयो अनि गुरु मन्त्र होला भनेर अर्को खाम खोल्यो, त्यसमा लेखिएको थियो ‘अव तिम्रो यहाँको मानो सकियो, गुन्टा कस्नु ।’

त्यसको केही समय पश्चात् उ आफै सरुवा मागेर हिँड्यो !

Tags :
प्रतिक्रिया दिनुहोस