आज सत्तागठबन्धनको बैठक बस्दै, चुनावी तालमेल र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल हुने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आज सत्तागठबन्धनको बैठक बस्दै, चुनावी तालमेल र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल हुने


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । आसन्न स्थानीय तहको चुनावमा तालमेल गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बस्न लागेको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

सत्तारुढ दलका नेताहरूले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचन तथा त्यसपछिका प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने बताइरहेका छन् ।

सरकारको नेतृत्वकर्ता दल नेपाली काङ्ग्रेसभित्र भने तालमेलको विषयमा विवाद कायमै छ । यद्यपि प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा भने चुनावमा गठबन्धन गर्ने विषयमा दृढ देखिएका छन् । शेखर कोइराला पक्षले भने काँग्रेसले गठबन्धन नगरी एक्लै चुनाव लड्नु पर्ने बताउँदै आएको छ ।

आजको सत्ता गठबन्धनको बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधवार गृह जिल्ला चितवनमा पत्रकारहरूसँग कुरा गर्दै सत्ता गठबन्धनको बैठकले तालमेल गर्ने निर्णय गर्ने बताएका थिए । उनले आजको बैठकबाट कम्तीमा महानगरको विषयमा निर्णय लिने बताएका थिए ।

सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबार हुने भारत भ्रमण र नेपालले उठाउने एजेन्डाका विषयमा पनि छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस