आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । देशका विभिन्न भागमा पानी पर्ने भएको छ । विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभावका कारण नेपालका विभिन्न क्षेत्रमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने भएको हो ।

आज दिउँसो प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

आज राति प्रदेश १ लगायत वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहँदा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागका अनुसार प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस