४ जिल्लाका सिडियो फेरिए कपिलवस्तुमा धर्मेन्द्र, बर्दियामा बन्धु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

४ जिल्लाका सिडियो फेरिए कपिलवस्तुमा धर्मेन्द्र, बर्दियामा बन्धु


१६ चैत्र २०७८, बुधबार


काठमाडौँ । गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ ।

गृह उच्च स्रोतबाट प्रशासन सिंहदरवार विशेष व्यूरोलाई प्राप्त जानकारी अनुशार प्यूठान, अर्घाखाँची, कपिलवस्तु र बर्दियाका प्रमुख जिल्ला अधिकारी फेरिएका हुन् ।

मन्त्रालयले कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक बन्धुप्रसाद बास्तोलालाई बर्दियाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने कपिलवस्तुको जिम्मा सहसचिव धर्मेन्द्र कुमार मिश्रलाई दिइएको छ । बर्दियाका सन्तबहादुर सुनार बास्तोलाको ठाउँमा आएका छन् र कपिलवस्तुका चक्र पाणी पाण्डेलाई मन्त्रालयमा तानिएको छ ।

यसैगरी प्युठानमा मन्त्रालयको अतिरिक्तमा रहेकी सहसचिव सुनीता नेपाललाई पठाउँदै त्याहाँका उपसचिव खिमराज भुसाललाई मन्त्रालय तानिएको छ । मन्त्रालयले अर्घाखाँचीका प्रजिअ हरि प्रसाद घिमिरेलाई राष्ट्रिय विपद प्राधिकरणमा ल्याउँदै त्याहाँ शशीधर घिमिरेलाई प्रजिअ बनाई पठाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस