दिल्लीमा हरेक दिन दुई वटा उडान हुने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

दिल्लीमा हरेक दिन दुई वटा उडान हुने


१६ चैत्र २०७८, बुधबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले दिल्लीमा हरेक दिन दुई वटा उडान हुने बताएका छन्।

बुधबार (आज) नाटाले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले दिल्लीमा हरेक दिन दुई वटा उडान गर्न लागिएको बताएका हुन् ।

उनले बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको रियादमा हप्तामा तीन वटा उडान भर्ने गरी अगाडि बढेको जानकारी दिए । मन्त्री आलेले मार्च २१ गतेदेखि मुम्बईमा हप्ताको तीन वटा र मार्च २५ देखि बैङ्लोरमा पनि हप्तामा तीन वटा उडान भरिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस