स्थानीय तहको निर्वाचन रणनीतिबारे लोसपामा छलफल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्थानीय तहको निर्वाचन रणनीतिबारे लोसपामा छलफल


१६ चैत्र २०७८, बुधबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकमा स्थानीय तहको निर्वाचन अपनाउने रणनीतिबारे छलफल सुरु गरेको छ ।

बुधबार (आज) पार्टी कार्यालय बबरमहलमा बसेको समितिको बैठकमा स्थानीय तहको निर्वाचन र निर्वाचन आयोगले परिमार्जन गर्न भनेको विषयमा छलफल भएको हो ।

बैठकपछि बोल्दै लोसपाका नेता लक्ष्मणलाल कर्णले समितिको बैठकमा नेताहरूले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका बारेमा आफ्नो मत राखेको बताए ।

लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार १ बजे बस्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस