सहमतिमा यौन सम्बन्ध राखेर बलात्कारको आरोप लगाएकी किशोरीलाई साढे ३ वर्ष जेल सजाय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सहमतिमा यौन सम्बन्ध राखेर बलात्कारको आरोप लगाएकी किशोरीलाई साढे ३ वर्ष जेल सजाय


१६ चैत्र २०७८, बुधबार


कैलाली । सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी एक किशोरीलाई जेल सजाय सुनाइएको छ ।

अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामले साढे तीन वर्षको जेल सजाय सुनाएको हो ।

उक्त फैसला जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले गरेको हो । गत माघ १५ गते आफूलाई माग्न आएको पुरुषलाई किशोरीले बलात्कार गरेको भन्दै १७ गते प्रहरीसमक्ष उजुरी दिएकी थिइन् ।

विवाहको प्रस्ताव लिएर पुरुष घरमा आएको, घरमा आमासँग विवाहको कुराकानी गरेको र राति अबेर भएपछि त्यहीँ बसेको बयान दिएकी थिइन् । किशोरीले पुरुष भुईँमा र आफू बहिनीसँग सुतेको अवस्थामा राति ११:३० मा जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् ।

पुरुषले जबरजस्ती करणी नगरेको तर, सहमतिमा यौन सम्पर्क भएको बयान दिएका थिए । भोलिपल्ट घरबाट विवाह नगर अहिले मान्छे बितेका छन् भनेपछि आफूहरू फर्किएको उनले अदालतमा बयान दिएका छन् ।

शुरुमा जबरजस्ती करणी गरेको बयान दिएकी किशोरीले पछि विवाह नगर्ने हो कि भन्ने त्रासले मुद्दा दायर गरेको बताएकी थिइन् ।

युवतीको उजुरीपछि बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय पुरुषलाई अदालतले सफाइ दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस