Logo २१ मंसिर २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

तनहुँमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


१६ चैत्र २०७८, बुधबार


तनहुँ । पृथ्वी राजमार्ग सडकखण्डअन्तर्गत आज म्याग्दे गाउँपालिका–१ गुणादीमा ट्रकले ठक्कर दिँदा तनहुँमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुने तनहुँको ऋषिङ गाउँपालिका–२ काहुँशिवपुर निवासी १९ वर्षीय तारन थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तनहुँको थर्पुबाट दमौलीतर्फ आउँदै गरेको ट्रकले सोही दिशामा गुडिरहेको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा सख्त घाइते युवकको दमौली अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको हो ।

मृतकका दाजु रामबहादुर थापाले मृतक आफ्नो भाइ भएको जनाएपछि पहिचान खुलेको हो ।

ना ३ ख ४६९१ नम्बरको ट्रकले सोही दिशामा गुडिरहेको ग ५ प ६०८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ठक्कर पश्चात् फरार रहेका ट्रक चालक प्रहरी सम्पर्कमा आएको तर नियन्त्रणमा आई नसकेको तनहुँका प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस