शिक्षक सेवा आयोगको परीक्षा दिने परीक्षार्थीलाई परीक्षा हलमा मोबाइल नलैजान सूचित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शिक्षक सेवा आयोगको परीक्षा दिने परीक्षार्थीलाई परीक्षा हलमा मोबाइल नलैजान सूचित


१६ चैत्र २०७८, बुधबार


काठमाडौँ । शिक्षक सेवा आयोगले विभिन्न तहको शिक्षक पदमा परीक्षा दिन जाने परीक्षार्थीलाई परीक्षा हलमा मोबाइल नलैजान सूचित गरेको छ ।

शिक्षक आयोगले विद्यालय तहका माध्यमिक, निम्न माध्यामिक, प्राथमिक र आन्तरिक प्रतियोगितात्मक बढुवाका परीक्षा सञ्चालन गरिरहेको छ ।

परीक्षार्थीले परीक्षा हलमा जाँदा मोबाइल फोन लिए जान नपाउने निर्देशन प्रवेश पत्रमा उल्लेख भए पनि अधिकांश परीक्षार्थीले बोकेको पाइएपछि सूचना निकाल्नुपरेको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस