पारसलाई पछि पार्दै दीपेन्द्र बने टी-२० मा सर्वाधिक रन बनाउने खेलाडी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पारसलाई पछि पार्दै दीपेन्द्र बने टी-२० मा सर्वाधिक रन बनाउने खेलाडी


१६ चैत्र २०७८, बुधबार


काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेटमा क्रिकेटर दीपेन्द्र सिंह ऐरी नेपालका लागि सर्वाधिक रन बनाउने पहिलाे खेलाडी बनेका छन् ।

त्रिकोणात्मक टी–२० शृङ्खला अन्तर्गत मलेसिया विरुद्धको खेलमा २१ रन बनाएपछि कूल ८०३ रन पुर्‍याउँदै दीपेन्द्र नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन् ।

उनी टी–२० मा नेपालका लागि ८०० रन बनाउने पहिलो खेलाडी समेत बनेका छन् । दीपेन्द्रले ३६ खेलबाट ३१ इनिङ्समा ब्याटिङ गर्दै ३ अर्ध शतक मद्दतमा उक्त उपलब्धि हासिल गरेका हुन् ।

दीपेन्द्रले पूर्व कप्तान पारस खड्कालाई पछि पारेका हुन् । पारसले ३३ खेल खेल्दै १ शतक र ४ अर्ध शतक मद्दतमा ७९९ रन बनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस