मधेस प्रदेश सभाको बैठक फेरी स्थगित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मधेस प्रदेश सभाको बैठक फेरी स्थगित


१६ चैत्र २०७८, बुधबार


जनकपुरधाम । मधेस प्रदेश सभाको बैठक बुधवार २ मिनेट मात्र बसेर स्थगित भएको छ ।

बैठक सुरु हुनासाथ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद परमेश्वर साहले गणपूरक सङ्ख्या उपस्थित नभएकाले यो बैठकलाई अगाडि नबढाउन सभामुखसँग आग्रह गरे ।

यस्तै, नेकपा एमालेका सांसद किशोरी साह ‘कमल’ले मन्त्रीहरूलाई प्रदेश सभामा उपस्थित भएर जवाफ दिनुपर्नेमा आफ्नो काममा व्यस्त रहने गरेको बताए ।

उनले १० पटकसम्म बैठकमा उपस्थित नहुने सांसदको पद स्वतः खारेज हुने विधानमा व्यवस्था भएकाले त्यसतर्फ पनि ध्यान दिन सभामुखलाई आग्रह गरे ।

यी दुई जना सांसदले बोले लगत्तै सभामुख सरोज कुमार यादवले बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस