गम्भीर रोग लागेका बिरामीलाई मासिक ५ हजार उपलब्ध गराउने निर्णय कार्यान्वयन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गम्भीर रोग लागेका बिरामीलाई मासिक ५ हजार उपलब्ध गराउने निर्णय कार्यान्वयन


१६ चैत्र २०७८, बुधबार


काठमाडौं । गम्भीर रोग लागेका बिरामीलाई औषधि उपचार बापत मासिक ५ हजार उपलब्ध गराउने निर्णय कार्यान्वयन सुरु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै निर्णय कार्यान्वयनको बाटो खुलेको हो ।

कार्यविधि तयार भएसँगै अब मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले औषधि उपचारबापत मासिक ५ हजार पाउनेछन् ।

सरकारले प्रतिस्थापन बजेटमार्फत त्यस्ता बिरामीलाई रकम दिने उल्लेख गरेको थियो ।

देशभरका ७५३ स्थानीय तहबाट उक्त रकम उपलब्ध गराउन कार्यविधि कार्यान्वयनका लागि हिजो अनुरोधसहित पत्राचार गरिएको नीति, योजना तथा अनुगमन महाशाखाकी जनस्वास्थ्य अधिकृत सिमृन काफ्लेले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस