चीनको सांघाईमा गरिएको लकडाउन थप कडाइका साथ लागू « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चीनको सांघाईमा गरिएको लकडाउन थप कडाइका साथ लागू


१६ चैत्र २०७८, बुधबार


काठमाडौं । चीनको सांघाईमा कोरोनाको सङ्क्रमण पत्ता लगाउन दुई वर्षयताकै सबैभन्दा कडा लकडाउन लागू गरिएको छ ।

सांघाईले पहिलाको कोरोना महामारीमा सीमित स्थलहरूमा मात्रै लकडाउन गरिएको थियो । जसमा आवासीय परिसर र कार्यस्थलहरू बन्द गरिएको थियो । तर, अहिलेको लकडाउन अहिलेसम्मकै सबैभन्दा कडा गरिएको हो ।

चीनको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर सांघाईमा सोमबारबाट दुई वर्षपछि सबैभन्दा कडा लकडाउन लागू गरिएको हो ।

लकडाउन भएको १ दिनपछि नै थप कडाइका साथ लागु गरिएको छ । चीन सरकारले मंगलबार दुई चरणको कोरोना लकडाउनको पहिलो चरणलाई थप कडाइ गरेको छ ।

हरेक दिन त्यहाँ भएकाले कोरोना परीक्षण नभएसम्म घरमै बस्न व्यक्तिलाई सरकारले आग्रह गरेको छ ।

हरेक दिनको परीक्षणमा दैनिक ४ हजार ४ सयभन्दा बढी सङ्क्रमित थपिने गरेको छ । ह्वाङ्पुको पूर्वमा बसोबास गर्नेहरूलाई सोमबार उनीहरूलाई आवासीय परिसरमा पठाइएको छ । तर, उनीहरूलाई परिसर वरिपरि घुम्न पाउने छुट भने दिइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस