पोखरा र तुम्लिङटारमा उडान प्रभावित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पोखरा र तुम्लिङटारमा उडान प्रभावित


१६ चैत्र २०७८, बुधबार


काठमाडौँ । मौसममा आएको खराबीका कारण कास्कीको पोखरा र सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा उडान प्रभावित भएको छ ।

बिहानैदेखि मौसम धुम्मिएका कारण पोखरा र तुम्लिङटारमा कुनै पनि उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

भारतको विहारमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावको कारण काठमाडौँ उपत्यका सहितका देशका विभिन्न भूभागमा हल्का वर्षा भएको छ ।

मौसम सामान्य अवस्थामा आउन केही दिन लाग्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस